राजेश पालको आक्रोस– बिनाप्रमाण समाचार लेखेर मानहानि गर्न मिल्छ ?
काठमाडौं । गायक राजेश पायल राईले बिनाप्रमाण आफ्ना गोप्य कागजात सार्वजनिक गरेर गलत समाचार लेखिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार केही सञ्चारमाध्यमले राईको पारिवारिक सदस्यले लगाएको आरोपलाई आधार मानेर उनको विवाह दर्तालगायत नितान्त व्यक्तिगत कागजात सार्वजनिक गरेर समाचार प्रकाशन तथा प्र्रसारण गरेका थिए ।समाचार सार्वजनिकपछि चालोचित बनिरहेका राईले समाचारको सत्यता र आफ्नो गोपनीयता भंगप्रति आपत्ति जनाएका हुन् ।
सञ्चारमाध्यमले एकपक्षीय ढंगले समाचार प्रस्तुत गरेको आरोप पनि उनले लगाएका छन् । एउटा स्ट्याटसकै भरमा प्रमाणबेगर समाचार बनाइएको राईको भनाइ छ ।
‘एउटा स्ट्याटसकै भरमा यति ठूलो गाली गलौज लेख्न मिल्छ ? हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला । नलगेको भए पनि हिजो खन्याएको तातो पानीले पक्कै पनि फोका उठ्यो होला । रातो दाग होला, घाउ होला । प्रमाण ल्याउनुस्, मेरो शीर तपाईंको पाउमा राखिदिन्छु,’ राईले आफूबारेको समाचार पुष्टि गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।
आफ्नो विवाह दर्ताको प्रमाणपत्र सार्वजनिक गरिदिएको प्रति राईले अझै गम्भीर आपत्ति जनाएका छन् ।
‘कसैको स्ट्याटसकै भरमा मेरो व्यक्तिगत डिटेल (विवरण) छाप्न मिल्छ, बिना प्रमाण मानहानि गर्न मिल्छ ?’ राईले प्रश्न गरेका छन् ।


प्रतिक्रिया