रास्वपाले पनि रामचन्द्रलाई मत दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेकाे छ।
बिहीबार बसेको पदाधिकारी र संसदीय दलका संयुक्त बैठकले व्यवस्थालाई रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन पौडेललाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
‘निर्वाचन आचारसिंहता लागु भएका कारण सांसदहरूलाई ह्वीप लगाउने पक्षमा हामी छैनौं । लोकतन्त्र र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन हाम्रा संसदहरु एक मत छन्’, बैठकपछि सञ्चाकर्मीसँग उनले भने ।
१० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई सर्मथन गरेको रास्वपाले नागरिकता प्रकरणमा सभापति रवि लामिछाने पदमुक्त भएपछि सरकारलाई दिएको समर्थन कायमै राखि सरकारबाट बाहिरिएको थियो ।
राष्ट्रपति निर्वाचनमा अनिर्णित भएकोमा चौतर्फी आलोचना भएको थियो । अन्ततः रास्वपाले पौडेललाई मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपासँग १ हजार ५०१ मत रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया