NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रास्वपाले पनि रामचन्द्रलाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेकाे छ।

बिहीबार बसेको पदाधिकारी र संसदीय दलका संयुक्त बैठकले व्यवस्थालाई रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन पौडेललाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘निर्वाचन आचारसिंहता लागु भएका कारण सांसदहरूलाई ह्वीप लगाउने पक्षमा हामी छैनौं । लोकतन्त्र र व्यवस्थाको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन हाम्रा संसदहरु एक मत छन्’, बैठकपछि सञ्चाकर्मीसँग उनले भने ।

१० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई सर्मथन गरेको रास्वपाले नागरिकता प्रकरणमा सभापति रवि लामिछाने पदमुक्त भएपछि सरकारलाई दिएको समर्थन कायमै राखि सरकारबाट बाहिरिएको थियो ।

राष्ट्रपति निर्वाचनमा अनिर्णित भएकोमा चौतर्फी आलोचना भएको थियो । अन्ततः रास्वपाले पौडेललाई मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपासँग १ हजार ५०१ मत रहेको छ ।