NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओलीलाई गगनको जवाफ : २०८४ को चुनावपछि भेट्न आउँला, अहिलेलाई सहकार्य सम्भव छैन

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले २०८४ अघि एमालेसँग सहकार्य सम्भव नभएको बताएका छन् ।

बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले २०८४ को चुनावपछि मात्र एमालेसँग सहकार्यका लागि प्रस्ताव राख्ने बताएका हुन् ।

‘एउटै विषयमा कतिपटक धोका दिने ? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ उनले भने ‘२०८४ को चुनावअघि एमालेसँग सहकार्य सम्भव छैन । त्यसपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं ।’

यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि एमालेका अध्यक्ष केपी ओलीले कांग्रेससँग हुन सक्ने बताएका थिए ।