ओलीलाई गगनको जवाफ : २०८४ को चुनावपछि भेट्न आउँला, अहिलेलाई सहकार्य सम्भव छैन
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले २०८४ अघि एमालेसँग सहकार्य सम्भव नभएको बताएका छन् ।
बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले २०८४ को चुनावपछि मात्र एमालेसँग सहकार्यका लागि प्रस्ताव राख्ने बताएका हुन् ।
‘एउटै विषयमा कतिपटक धोका दिने ? पुस १० गते उहाँले के गर्नुभयो भन्ने त सबैलाई थाहा भइसक्यो,’ उनले भने ‘२०८४ को चुनावअघि एमालेसँग सहकार्य सम्भव छैन । त्यसपछि उहाँ प्रमुख प्रतिपक्षीको नेता हुनुहुन्छ। हामी सहकार्यको प्रस्ताव लिएर बालकोट भेट्न जान्छौं ।’
यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि एमालेका अध्यक्ष केपी ओलीले कांग्रेससँग हुन सक्ने बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया