गर्मी मौसमलक्षित सीजी ब्राण्डको नयाँ प्रोडक्ट बजारमा

काठमाडाैं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी तथा सीजीअन्तर्गतको सीजी मेरिडियाले गर्मी मौसमको समयमा आफ्ना ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ । सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ ग्राहकहरुलाई गर्मीको मौसम बाट जोगिन सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकवर्गहरु ढुक्कले यस गर्मीको किनमेल गर्न सकिने कम्पनीले जनाएको छ ।गर्मी मौसमलाई मध्यनजर गर्दै सीजीले विभिन्न उत्पादनहरु जस्तै : स्ट्याण्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, एक्जस्ट फ्यान, भेन्टिलेसन फ्यान तथा सिलिङ्ग फ्यान, कुलर र कुलरमा पनि डेसर्ट, टावर, रुम, पर्सनल तथा विन्डो कुलर, ए.सी. तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य थुप्रै सामाग्रीहरु बजारमा ल्याएको छ । ती प्रोडक्टहरूमा कम्पनीले याँ लाइनअपहरु थप्दै उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँच अझै बढाएको उल्लेख गरेको छ ।
गर्मी र तातो हावाबाट जोगिन सीजीका विभिन्न प्रकारका स्ट्याण्ड फ्यान, सिलिङ्ग फ्यान, वाल फ्यान तथा टेबल फ्यानको प्रयोग गर्न सकिन्छ भने वातानुकुलित बसाईका लागि विभिन्न रेन्जका सी.जी. एयर कन्डिशनरको आनन्द लिन सकिन्छ । यसैगरी विभिन्न रेन्जका सी.जी. कुलरहरु जस्तै पर्सनल कुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथ गर्मीको मौसममा पनि चिन्तारहित बस्न सकिन्छ ।
गर्मीमा पनि खानेकुरा ताजा राख्न देखि चिसो पानी वा अन्य पेयको आनन्द लिन सी.जी. का विभिन्न रेन्जका रेफ्रिजरेटरहरु उपलब्ध छन् भने व्यवसायहरुका लागि विषेग गुणस्तरीय चेस्ट फ्रिजर तथा शोकेसहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया