दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक
काठमाडाैं । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् ।
उनले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ ।
संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ ।यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधि रोजा ओटुबयाभाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार युद्धमा परेको र हाल तालिबान सरकार रहेको यस देशमा खाद्यान्न र नागरिकका आधारभूत आवश्यकताहरुको खाँचो दिनप्रतिदिन पर्दै गएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया