माओवादी घटकको बैठक सकियो, पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने निर्णय
काठमाडौं । एकसाथ जनयुद्ध लडेर शान्ति प्रक्रियामा अवतरणपछि विभिन्न दलमा आबद्ध माओवादी घटक दलले द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा लगिएको विषयबारे आमनागरिकलाई सुसूचित गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार बिहान बसेको बैठकले अन्तरक्रिया, पत्रकार सम्मेलनमार्फत द्वन्द्वकालीन घटनाबारे आम जनतालाई जानकारी दिने निर्णय लिएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले संयुक्त रूपमा फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय भएको जानकारी दिए । ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टुँडिखेलमा दुई वर्षअघि व्यक्त गरेको भनाइलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै द्वन्द्वकालीन मुद्दालाई नियमित अदालतमा प्रवेश गराइएपछि माओवादीकालीन शक्ति सशंकित बनेका छन् । एक नदीका दुई किनाराजस्ता बनेका माओवादी जनयुद्धकालीन नेता यी मुद्दाले नजिकिएर एक सातामै दुई पटक बैठक बसेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया