संघमा दश हजार कर्मचारी कटौती हुने !
काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय तलब सुविधा आयोगले संघमा दश हजार कर्मचारीको दरबन्दी हटाउन सरकारलाई सुझाव दिएको छ ।
पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा गठित आयोगले हाल ४५ हजार कर्मचारीको दरबन्दी रहेको संघको यो संख्यालाई घटाएर ३५ हजार बनाउन सुझाव दिएको हो ।
यसरी दरबन्दी कटौती गर्दा सरकारको खर्च कटौती हुने आयोगले जनाएको छ । कर्मचारीको तलव वृद्धि गर्न आवश्यक स्रोतको पहिचानको रूपमा आयोगले दरबन्धी कटौतीलाई औंल्याएको हो ।
बढी भएको दरबन्दीमा रहेको कर्मचारी स्थानीय तथा प्रादेशिक कार्यालयहरूमा जान चाहनेहरूलाई पठाउने र नचाहनेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राखी आवश्यकताअनुसार भिड भएका कार्यालयमा खटाउन सिफारिस गरिएको छ ।
त्यस्तै, विभागमा कुनै पनि पदमा बहाल रहेकै भरमा र माग गरेकै आधारमा सुरक्षाकर्मी दिन पनि बन्द गर्न सिफारिस भएको छ । सुरक्षा चुनौतीको समसामयिक मूल्यांकन गरेर उच्च पदस्थ पदाधिकारी तथा अवकाशप्राप्त कर्मचारी लागि दिइएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता बोलाउन आयोगको सुझाव छ ।
कर्मचारीको न्यूनतम तलब, भत्ता, पारिश्रामिक तथा सुविधा अध्ययन तथा पुनरावलोकन गरी सिफारिसका लागि २०७९ भदौ ६ गतेको मन्त्रिपरिषद्ले पूर्व मुख्यसचिव पौड्यालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।
आयोगमा पौड्यालसहित पूर्व सचिव बिमल वाग्ले, चार्टर्ड अकाउन्टेन्ट शिवनाथ पाण्डे सदस्य रहेका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया