NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

को-को भए प्रहरी एआइजीमा बढुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको गृहको बढुवा समितिको बैठकले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा हुनेमा प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा रहेका छन् ।

आइजिपी सिंहका अनुसार डिआइजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो। बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । ३० वर्षे सेवा अवधि पुरा गरी महानिरिक्षक धिरजप्रताप सिंह चैत ११ गते अनिवार्य अवकास हुँदैछन् ।