NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सत्तागठबन्धनको बैठक बस्दै

टुंग्याउन एमालेको पनि सचिवालय बैठक बस्दै

काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय लिन सत्तारूढ आठदलीय गठबन्धनको बैठक आज बस्दैछ । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाएका यी दल उपराष्ट्रपतिको उम्मेदवारी दर्ता समय नजिकिँदै गर्दा समेत अनिर्णित छन् ।

माओवादी केन्द्रका एक नेताले उपराष्ट्रपति उम्मेदवारीबारे टुंगोमा पुग्न अहिले केहीबेरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शनिबार हुँदैछ । सत्तारुढ गठबन्धनबाट यसमा जसपा, नागरिक उत्थान पार्टीलगायतले दाबी प्रस्तुत गरेका छन् तर अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि यसबारे छलफल गर्न बैठक बोलाएको छ ।

च्यासलस्थित पार्टी कार्यालयमा अहिले ९ बजे यसबारे छलफल गर्न सचिवालय बैठक डाकिएको एक नेताले जानकारी दिए ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उतारेको एमाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने या नदिने भन्नेमा अलमलमा रहेको बताइन्छ ।