आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिँदैछ । कार्यकाल सकिएकाले उनले बूढानीलकण्ठस्थित निजी निवास सर्ने तयारी गरेकी छन् ।
संविधानअनुसार, राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुन्छ । ०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भण्डारीको संविधानमा उल्लेख कार्यकाल आजबाट गुज्रिन लागेको हो ।
भण्डारी आफ्नो पहिलो कार्यकालमा ०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।
भण्डारीको निजी सचिवालयका अनुसार, भण्डारी बूढानीलकण्ठ –२, चपलीस्थित आफ्नो निजी निवास सर्दै छिन् ।
राष्ट्रपतिको आगामी कार्यकालका लागि यही २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल विजयी भइसकेका छन् । पौडेलले भोलिबाट आगामी पाँच वर्ष देशको उच्च कार्यकारी पदको जिम्मेवारी वहन गर्नेछन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया