सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी मारिए
नाब्लस । आज यहाँ भएको सैनिक कारबाहीमा तीन जना प्यालेष्टिनी बन्दुकधारी मारिएका छन् । नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको छ ।
‘तीन जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा तीन जना मारिएका तथा एक जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ, इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ ।
दुवै पक्षका आधिकारिक स्रोतमा आधारित एएफपीको तथ्याङ्कअनुसार सोही अवधिमा तीन जना बालबालिका र एक प्रहरीसहित १२ जना इजरायली र एक जना युक्रेनी नागरिक मारिएका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया