NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बलिउड अभिनेत्री माधुरीलाई मातृशोक

एजेन्सी । बलिउड अभिनेत्री माधुरी दिक्षितलाई मातृशोक परेको छ । उनकी आमा स्नेह लता दिक्षितको ९१ वर्षको उमेरमा आज विहान देहान्त भएको हो ।

उनका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका छन् ।

‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो नजिकका आफन्तबीच शान्तिसँग स्वर्गबास भएकी छन्,’ उनले लेखेका छन्।

वर्ली श्मशान घाटमा आजै उनको दाहसंस्कार गरिएको छ ।