राष्ट्रपति पौडेललाई कसले गराउँदैछन् शपथ ग्रहण ?

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई काममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा दिउँसाे १ बजे आयोजना हुने विशेष समारोहमा पौडेलले कार्कीबाट शपथ ग्रहण गर्न लागेका हुन् । यसअघि राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँदै आएका थिए ।
योपटक प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीले शपथ ग्रहण गराउने लागेका हुन्छन् ।
पौडेल फागुन २५ गते एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेल आजै बोहराटारस्थित निजी निवासबाट शितलनिवास सर्दैछन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया