NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नीति बहस : निर्माण सामग्री उद्योगको संकट टार्ने ‘क्याप्सुल’ के ?

काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा नेपालमा निर्माण सामग्री उत्पादन क्षेत्रमा भएका समस्या, त्यसलाई सम्बोधन गर्ने नीतिगत उपायकाबारेमा छलफल गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारका र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेसँग कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्दराज पोखरेलले संवाद गरेका छन् ।

आफ्नै कच्चा पदार्थबाट उत्पादन गरिएको र आत्मनिर्भर भयो भनिएको सिमेन्ट उद्योगबाट प्रत्यक्ष रूपमा दुई लाख भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पछिल्लो समयमा यो क्षेत्रमा विदेशी लगानी पनि भित्रिएको छ । यत्ति हुँदा हुँदै पनि हिजोआज समस्याग्रस्त भएको यो क्षेत्रका विद्यमान समस्या र समाधानतर्फ उक्त बहस केन्द्रित छ ।

जुन रूपले सिमेन्टको खपत बढ्छ भनेर अनुमान गरिएको थियो नेपालमा त्यस अनुरूपको खपत नबढ्नू, बैंकले ऋण दिन बन्द गर्नू, आयातमा लागेको रोकलगायतलाई मुख्य समस्याको रूपमा लिइएको छ । सरकारी नीति आफैं लागत बढ्ने किसिमको भएको हुँदा यसको सुधार हुनुपर्ने सुझाव आएको छ ।

भिडियोमा हेर्नुहोस् यसबारे भएको छलफलको पूरा अंश