अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताए ।
उनले कसैको व्यक्तिगत एजेण्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताए ।
ढकालले भने, ‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं । यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ ।’
बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको बताए । उनले तिनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने बताए ।
निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लागेका ढकालले खुल्ला सिमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको बताए ।
उनले खुल्ला सिमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया