NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सात महिनामा १ खर्ब ५० अर्ब बराबरको धितोपत्र सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आर्थिक वर्ष २०७९/८० को सात महिनामा १ खर्बभन्दा बढी रूपैयाँको धितोपत्र सूचीकृत भएका छन्।

उक्त अवधिमा ३५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रूपैयाँ बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड रूपैयाँ बराबरको साधारण शेयर, १४ अर्ब ३२ करोड रूपैयाँ बराबरको बोनस शेयर, ४ अर्ब ४९ करोड रूपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड बराबरको हकप्रद शेयरगरी कुल १ खर्ब ५० अर्ब ६८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ५८ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कुल २२ अर्ब ४८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७८ माघ मसान्तमा २८०१.६ रहेको नेप्से सूचकाङ्क २०७९ माघ मसान्तमा २१२१.९ कायम भएको छ । २०७९ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३०६१ अर्ब ९६ करोड कायम भएको छ । २०७८ माघ मसान्तमा बजार पुँजीकरण रु.३९५९ अर्ब ६५ करोड रहेको थियो ।२०७९ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ६३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ माघमा सूचीकृत कम्पनीहरूको संख्या २२६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १२.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.२ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड शेयरको चुक्ता मूल्य रु.७०१अर्ब ६१ करोड रहेको छ ।