NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा, मूल्य कति ?

काठमाडाैं । स्वछ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ । यही कुरालाई मध्यनजर गरी नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आरओ मोडेल नेपाली बजारमा ल्याएको छ ।

केन्ट पर्ल स्टार

पारदर्शी छुट्याउन मिल्ने ट्याङ्की, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्लेको साथ केन्ट पर्ल स्टार एक उत्कृस्ट आरओ वाटर प्युरिफायर हो । जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ ।

यसले आरओ+युभी+युएफ+टिडिएस नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १०० प्रतिपशत शुद्ध बनाउन प्रयोग गर्ने कम्पनीको दाबी छ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ । कम्पनीका अनुसार यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ ।

पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । साथै, यसमा झन्झट मुक्त सफाई र स्वच्छ उपभोगको लागि पारदर्शी भण्डारण ट्याङ्की छ जुन झिकेर सफा गर्न सकिन्छ । यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई  शुद्ध गर्नको लागि उपयुक्त छ ।

कम्पनीका अनुसार केन्ट पर्ल स्टारको बजार मूल्य ४९ हजार ९९० रूपैयाँ रहेको छ ।

केन्ट क्रिस्टल स्टार

अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनको साथ आकर्षक डिजाइन गरिएको आरओ वाटर प्युरिफायर क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो । जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ।

यसले आरओ+ युभीको बहुविध शुद्धिकरण प्रक्रिया प्रयोग गर्दछ। युएफ+ टिडिएस कन्ट्रोलले पानीलाई १०० प्रतिशत शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्दछ । साथै, यसको भण्डारण ट्याङ्कीमा रहेको युभी एल.ई.डी.ले शुद्ध पानी ब्याक्टेरिया मुक्त र शुद्ध राख्दछ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।

कम्पनीले केन्ट क्रिस्टल स्टारको बजार मूल्य ४८ हजार ९९० रूपैयाँ तोकेको छ ।

केन्ट क्रिस्टल प्लस

आर.ओ. + युभी + युएफ+ टिडिएस कन्ट्रोल + ट्याङ्कीमा युभी लाइटले पानीलाई १०० प्रतिशत पुर्याउनको लागि स्टाइलिश डिजाइन गरिएको वाटर प्युरिफायर केन्ट क्रिस्टल प्लस आरओ + युभी+ युएफ+ टिडिएस कन्ट्रोल + ट्याङ्कीमा भएको युभी लाइटद्वारा शुद्धिकरण प्रक्रिया भएको नेक्स्ट जेन आरओ वाटर प्युरिफायर हो। यो अत्याधुनिक प्युरिफायरले तपाईं हरेक पटक १०० प्रतिशत शुद्ध पानी प्राप्त गर्दै हुनुहुन्छ भन्ने सुनिश्चित गर्दछ ।

मिनरल आर.ओ.टीएम टेक्नोलोजीले सुसज्जित, यो प्युरिफायरले इनबिल्ट टि. डि. एस. कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्दछ ।

केन्ट क्रिस्टल प्लसको बजार मूल्य ३५ हजार ९९० रहेको  कम्पनीले जनाएको छ ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्ल्यूक्यूए को अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।

ताजा अपडेट

नेपालवाच विशेष