NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वीर अस्पतालका पाँच स्टाफ नर्स बर्खास्त

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले एकसाथ पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । बर्खास्तमा पर्ने सबै पाँचौं तहका हुन् ।

चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान नियमावली, २०६५ अनुसार कुनै पनि कर्मचारी लामो समय बिदा बस्नुपरेको खण्डमा अख्तियारप्राप्त व्यक्तिबाट स्वीकृत गराएर मात्र बस्नुपर्ने नियम छ । यी पाँच स्टाफ नर्स बिनाजानकारी लामो समयदेखि सम्पर्कमा नआएपछि अस्पतालले गत पुस ३ मा ३० दिने सूचना निकालेर हाजिर हुन बोलाएको थियो । उक्त अवधिमा पनि सम्पर्कमा नआएपछि अस्पताल प्रशासनले उनीहरूलाई बर्खास्त गरेको हो ।

बर्खास्त गरिएकाहरूमा सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन छन् । श्रेष्ठ ०७६ असोज १ देखि, ढकाल ०७६ फागुन १५ देखि, सिटौला ०७४ चैत १ देखि, लम्साल ०७५ असार २२ र पुन ०७५ पुस १३ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थिए ।

पटक–पटकको आग्रहलाई अटेरी गरेकाले उनीहरूलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।

निजामती कर्मचारीले गर्यो ठूलो संख्यामा विज्ञापन, नर्स मात्रै ५६ जना

 

ताजा अपडेट

नेपालवाच विशेष