निजामती कर्मचारी अस्पतालले गर्यो ठूलो संख्यामा विज्ञापन, नर्स मात्रै ५६ जना

काठमाडौं । निजामती कर्मचारी अस्पतालले, डाक्टर, नर्सलगायत विभिन्न प्राविधिक पदमा स्थायी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ ।
खुला, समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको अस्पतालले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ ।
आवेदन माग गरिएका पदहरूमा विभिन्न सेवाका सिनियर रजिस्ट्रार, वरिष्ठ रेडियोग्राफी टेक्नालोजिस्ट, नर्स, नर्सिङ सुपरभाइजर, फर्मासिस्टलगायत छन् ।
सबैभन्दा धेरै जनशक्ति पाँचौं तहको स्टाफ नर्स पदमा ५६ जना मागिएको छ ।
आवेदन अनलाइनमार्फत आगामी चैत २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने चैत २७ गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
हेर्नुहोस् सूचना
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया