खरिदार र नासु पदलाई पाँच वर्षभित्र ‘फेज आउट’ गर्न सुझाव
काठमाडौं । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा बनेको उच्चस्तरीय तलब सुविधा आयोगले पाँच वर्षभित्र नायब सुब्बा , खरिदारजस्ता पदलाई ‘फेज आउट’ गर्न सुझाव दिएको छ ।
आयागले सरकारलाई खर्च कटौतीका उपायहरू सुझाउँदै यी पदहरूमा अब लोकसेवा आयोगबाट विज्ञापन नखुलाउन सुझाव दिएको हो ।
सेवा प्रवाह गर्ने कार्यालयहरू बाहेक संघीय मन्त्रालयमा यी पदमा विज्ञापन नखुलाउन र विस्तारै हटाउन भनिएको छ ।
हाल कार्यरत नायब सुब्बा, खरिदार, कार्यालय सहयोगी, हलुका सवारी चालकलगायतलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पूल दरबन्दीमा राख्न पनि आयोगको सुझाव छ ।
सेवा प्रवाह गर्ने कार्यालयहरूमा सेवाग्राहीको चापका आधारमा आवश्यक परी माग भएमा तत्काल सोही पूलबाट आपूर्ति गर्न सकिनेछ ।
प्रधानमन्त्री, मन्त्रीको सचिवालय, सचिव तथा विभागीय प्रमुखको कार्यकक्षमा काम गर्ने न्यूनतम कर्मचारी, कार्यालय सहयोगी, हलुका सवारी चालक, सत्कारका कर्मचारीबाहेकका सबै सहयोगी कर्मचारीलाई विस्तारै विस्थापन गर्दै अधिकृतमुखी सेवा बनाउने नीति लिन सुझाइएको छ ।
आयोगको सुझाव कार्यान्वयन भए कति पुग्छ सचिव र कार्यालय सहयोगीको तलब ?
मर्यादाक्रम र तलबमा छैन तालमेल, समायोजन गरे राज्यलाई ४ सय करोड भार
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया