ओलीले किन तुलना गरे सत्ता गठबन्धनका शीर्ष नेतालाई रावणसँग ?

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनलाई १० टाउके रावणको अवतार भएकाे चित्रण गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनको पूर्वासन्ध्यामा मंगलबार पार्टीका सांसदहरूसँग भएको अन्तर्क्रियामा १० दलीय गठबन्धनका शीर्ष नेताहरूलाई उनले रावणसँग तुलना गरेका हुन् । सो अन्तक्र्रियामा उनले गठबन्धनका नेताहरूले संविधानको मर्म मिच्न र महिला अधिकार खोस्न लागिपरेको आरोप लगाए ।
‘संविधानको मर्म मिच्न र महिलाका हक, अधिकार खोस्न अहिले १० दलीय गठबन्धनका नेताहरू लागिपरेका छन्’, ओलीले भने, ‘ १० दलीय गठबन्धनका १० वटा टाउको एकै ठाउँमा राखेपछि के हुन्छ ? रावणको पनि थियो १० टाउको, अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागेको देखिन्छ।’
त्यस्तै निर्वाचन आयोगले जसपा उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै राखिदिएकोमा आपत्ति जनाए ।
चैत ३ गते हुने उपराष्ट्रपति पदका लागि एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले रामसहायप्रसाद यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ । यादवको उम्मेदवारीविरुद्ध गठबन्धनकै ममता झाले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया