NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेकपा स्थापनाको दिन विप्लवले को–कोसँग गर्दैछन् पार्टी एकता ?

काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका माओवादी घटकहरूबीच पार्टी एकता हुने भएको छ ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी), बाबुराम नेतृत्वको नेपाल समाजवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकतापछि नेकपा(समाजवादी) रहने माओवादी वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीचको एकता ९ गते हुने नेकपाका नेता अनिल शर्मा ‘विरही’ले जानकारी दिए उनकाअनुसार ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको बैज्ञानिक समाजवादीसँग नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने तयारी भएको छ ।

‘हामी ९ गते माओवादी समाजवादीसँग पार्टी एकता घोषणा गर्दैछौं’, उनले भने, ‘नेकपा स्थापनाको दिवसको अवसरमा कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादीसँग एकता गर्ने अन्तिम तयारी भएको छ ।’

द्वन्द्वकालीन मुद्दामा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि एकजुट भएका माओवादी केन्द्रसहित पूर्वमाओवादी घटकहरूबीच तत्काल पार्टी एकता सम्भव नभएको उनको भनाइ छ । प्रचण्डकै कारण पार्टी एकता सम्भव नभएको उनको आरोप छ ।

‘प्रचण्ड माओवादी घटकबीच पार्टी एकता के कार्यगत एकता पनि चाहनुहुन्न’, उनको आरोप छ ।

तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबीच २०६२ सालमा १२ बुँदे सहमति भएपछि शान्तिपूर्ण राजनीतिमा आएका माओवादी अहिले झण्डै एक दर्जनको हाराहारीमा विभाजन भइसकेका छन् ।