नेकपा स्थापनाको दिन विप्लवले को–कोसँग गर्दैछन् पार्टी एकता ?
काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका माओवादी घटकहरूबीच पार्टी एकता हुने भएको छ ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी), बाबुराम नेतृत्वको नेपाल समाजवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ । एकतापछि नेकपा(समाजवादी) रहने माओवादी वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
त्यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीचको एकता ९ गते हुने नेकपाका नेता अनिल शर्मा ‘विरही’ले जानकारी दिए उनकाअनुसार ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको बैज्ञानिक समाजवादीसँग नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने तयारी भएको छ ।
‘हामी ९ गते माओवादी समाजवादीसँग पार्टी एकता घोषणा गर्दैछौं’, उनले भने, ‘नेकपा स्थापनाको दिवसको अवसरमा कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको बैज्ञानिक समाजवादीसँग एकता गर्ने अन्तिम तयारी भएको छ ।’
द्वन्द्वकालीन मुद्दामा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि एकजुट भएका माओवादी केन्द्रसहित पूर्वमाओवादी घटकहरूबीच तत्काल पार्टी एकता सम्भव नभएको उनको भनाइ छ । प्रचण्डकै कारण पार्टी एकता सम्भव नभएको उनको आरोप छ ।
‘प्रचण्ड माओवादी घटकबीच पार्टी एकता के कार्यगत एकता पनि चाहनुहुन्न’, उनको आरोप छ ।
तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबीच २०६२ सालमा १२ बुँदे सहमति भएपछि शान्तिपूर्ण राजनीतिमा आएका माओवादी अहिले झण्डै एक दर्जनको हाराहारीमा विभाजन भइसकेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया