प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको सामुहिक भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डण्डसँग प्रदेश प्रमुखहरूले सामुहिक रूपमा भेटवार्ता गरेका छन् ।
प्रदेश केन्द्रबाट संघीय राजधानी काठमाडौं आएका उनीहरूले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले खेल्नुपर्ने भूमिका, प्रदेशमा देखिएका समस्यालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
सामुहिक भेटमा कोसी प्रदेशका परशुराम खापुङ, मधेश प्रदेशका हरिशंकर मिश्र, बागमतीका यादवचन्द्र शर्मा, गण्डकीका पृथ्वीमान गुरुङ, लुम्बिनीका अमिक शेरचन, कर्णाली प्रदेशका तिलक परियार रहेका छन् । भेटवार्तामा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी छैनन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया