राष्ट्रपति पौडेललाई धनराजको सुझाव– सवारीमा जनतालाई दुःख दिने विगतको परम्परा तोड्नोस्

काठमाडौं । कांग्रेसका उपसभापति धनराज गुरुङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सादकी जीवनशैली अपनाउन सल्लाह दिएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि बुधबार पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा सादगी जीवनयापन कायम राख्न तथा सवारीमा सर्वसाधारण जनतालाई दुःख नदिन सुझाव दिएका हुन् ।
‘महामहिमज्यूलाई (Simplicity) सादगी कायम गर्दै राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्पराूलाई तोड्न सुझाव समेत दिइयो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
आफूले दिएको सुझावप्रति राष्ट्रपति पौडेल प्रतिबद्ध भएको उनले उल्लेख गरेका छन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राजषी जीवनशैली अपनाएको तथा सवारीमा सर्वसाधारणलाई अनावश्यक दुःख दिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
राष्ट्रपतिको निर्वाचनको दिन मतदान गर्नुअघि गणतन्त्र नेपालको राष्ट्रपति कस्तो हुनेछ भनेर आफूले देखाउने पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका थिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया