NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विप्लवको चेतावनी : जनयुद्धलाई अपराधीकरण गर्न खोजिए आफ्नो जीवनको पनि ख्याल गर्नोस्

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेलाई अफ्नो जीवनको ख्याल गर्न चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ उनले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ ।’

जसले फासीवादको विरूद्ध लडेका छन्, उसैलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिए ।  विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ ।