विप्लवको चेतावनी : जनयुद्धलाई अपराधीकरण गर्न खोजिए आफ्नो जीवनको पनि ख्याल गर्नोस्
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेलाई अफ्नो जीवनको ख्याल गर्न चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ उनले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ ।’
जसले फासीवादको विरूद्ध लडेका छन्, उसैलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिए । विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता भएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया