बालुवाटार सहमतिपछि पहिलो पटक बस्यो १० दलको बैठक, यस्तो छ एजेण्डा

काठमाडौं । सत्तारूढ १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । चैता ३ मा हुने उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तार, सत्ता बाँडफाँट, उपनिर्वाचन लगायत विषयमा छलफल गर्न केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् । विपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।
सत्ता साझेदार दल कांग्रेसले जसपाका उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिमात्र सरकारमा जाने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।
यसैगरी पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन् ।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह बैठकमा सहभागी छन् । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेको रास्वपाका सभापति रवि लामिछाने देखिएका छैनन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया