NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ककपिटमा कफी पिएको आरोपमा दुई पाइलट निलम्बित

एजेन्सी । भारतीय एयरलाइन्स कम्पनी स्पाइसजेटले जहाज उडिरहेको समयमा ककपिटमा चिया र मिठाई खाएको आरोपमा दुईजना पाइलटलाई ड्युटिबाट हटाएको छ ।

स्पाइसजेटको विमानभित्र कफी र समोसाको तस्विर समाजिक सञ्जालमा भाइरल भएपछि यो घटना बाहिरिएको हो । उक्त तस्विरमा कफीको कप कन्ट्रोल प्यानलमा राखिएको देखिन्छ ।

त्यतिबेला उक्त विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्विरलाई लिएर अहिले सामाजिक सञ्जालमा आक्रोशको व्यक्त भइरहेको छ ।

स्पाइसजेटले बुधबार यस विषयमा अनुसन्धान गरिरहेको र तस्विर लिने पाइलटलाई ड्युटीबाट हटाइएको बताएको छ ।