मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् ।
उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया