भारतबाट घटेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । प्राप्त नयाँ मूल्यअनुसार भारतले नयाँ मूल्यसूचीअनासर पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा पैसा घटाएर पठाएको छ ।
निगमका अनुसार आईओसीले डिजेलको मूल्य १ रूपैयाँ ७४ पैसा घटाएर पठाएको छ ।
आईओसीले नयाँ मूल्यसूची पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।
यसभन्दा अघि (फागुन १७) मा पनि भारतले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटाएर पठाएको थियो भने डिजेलको मूल्य ५ रूपैयाँ ५ पैसा घटाएर पठाएको थियो । त्यतिबेला पनि निमगले मूल्य समायोजन गरेको थिएन ।
हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।
प्रतिक्रिया