मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन– विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिनु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।
गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले वैदेशिक रोजगारी जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् ।
‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुःख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्’, मातहतका निकायलाई निर्देशन दिँदै उनले भने ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ सम्बन्धित निर्देशिका र कार्यविधि परिमार्जन गर्नसमेत निर्देशन दिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया