मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन– विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिनु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।
गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले वैदेशिक रोजगारी जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका हुन् ।
‘वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुःख पाएको गुनासो सुन्ने गरिएको छ । पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुःख पाएको कुरा गम्भीर छ । कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्’, मातहतका निकायलाई निर्देशन दिँदै उनले भने ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक बनाउनेतर्फ सम्बन्धित निर्देशिका र कार्यविधि परिमार्जन गर्नसमेत निर्देशन दिए ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया