उपराष्ट्रपति निर्वाचन हुँदै, प्रतिस्पर्धामा शाक्य, यादव र झा
नतिजा आजै साँझ

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको छ । गत फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गरेको निर्वाचन आयोगले आज नयाँ उपराष्ट्रपतिका लागि निर्वाचन गर्न लागेको हो ।
संसद् भवनको लोत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने आयोगले जनाएको छ ।
निर्वाचनका लागि संघ र प्रदेशका सांसद मतदाता रहनेछन् ।
भावी राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । शाक्य एमाले, साह आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । जनमत पार्टी गठबन्धनमै भए पनि सो पार्टीकी झाले पनि उम्मेदवारी दिएकी छन् ।
निर्वाचन आयोगले मतदानाको नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया