साइकलमा भ्रष्टाचारको बात लागेका सचिव धरौटीमा छुटे

काठमाडौं । मधेस प्रदेशको साइकल खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन प्रदेश सचिव यमलाल भुसाल १० लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले भुसाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालत स्रोतले धुसाललाई १० धरौटीमा छाड्न आदेश दिएको जनाएको छ ।
गत साउन १८ मा मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा उनीसहित अन्य व्यक्तिले भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको दफा ८(१) र दफा ९ बमोजिम थप सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो । यसमा मुख्य जिम्मेवार भुसाल भएको र उनका कारण मधेस प्रदेश सरकारलाई १० करोड ३३ लाख रूपैयाँ नोक्सान भएको निचोड निकाल्दै उति नै रकम बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया