काठमाडौं महानगरले ८ महिनामा उठायो १० अर्ब ४१ करोड राजस्व
काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ ।
महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।
महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ ।
महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ ।
यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया