काठमाडौं महानगरले ८ महिनामा उठायो १० अर्ब ४१ करोड राजस्व

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ ।
महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।
महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ ।
महानगरले रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा रु एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा रु एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा रु ६५ करोड उठाएको छ ।
यसैगरी नक्सापास दस्तुरबाट रु ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा रु ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया