१४ वर्षपछि मधेशले पायो दोस्रो उपराष्ट्रपति, यादवले मारे बाजी
काठमाडौं । मधेशले १४ वर्षपछि दोस्रो उपराष्ट्रपति पाएको छ । शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका रामसहायप्रसाद यादव विजयी भएका छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएको निर्वाचन आयोगले जानाएको छ ।
आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ १८४ को मतभार १४ हजार ५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५ हजार ७९२ पाएका छन्। एमालेकी अष्टलक्ष्मी शाक्यको संघका १०४ सांसद र प्रदेशसभाका १६९ गरी १६ हजार ३२८ मतभार पाइन् । जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ गरी २ हजार ५३७ मतभार पाइन् । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
गणतन्त्र स्थापानपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमको तर्फबाट परमानन्द झा पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
२०७० मा भएको दोस्रो संविधानसभामा माओवादी केन्द्रका तर्फबाट नन्दबहादुर पुन निर्वाचित भएका थिए । संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने भएपनि दलीय भागबण्डाका कारण यादवले बाजी मारेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया