NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

उपराष्ट्रपतिमा ममता झालाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । पार्टीका सासंदहरूकाे छलफलपछि रास्वपाले झालाई मत दिने निर्णय गरेकाे हाे ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बानेश्वरमा मतदान भइरहेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । संसदमा १९ सिट रहेकाे रास्वपाकाे १५ सय एक मतभार रहेकाे छ ।