गगनलाई ओलीको प्रतिप्रश्न : प्रतिपक्षमा भेट्न २०८४ साल पर्खिनु पर्छ, अहिले भेट्नु भएको छैन ?
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनअघि एमालेसँग सहकार्य नुहने कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काएका छन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले प्रतिपक्षसँग भेट्न कति साल कुनुपर्छ भन्ने एकजना कांग्रेसीसँग अहिले भेट भएको छैन भनि प्रश्न गरेका छन् । महामन्त्री थापाले भनेजस्तो कांग्रेस र एमालेबीच सहकार्य हुन्छ त भनेर सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ ओलीले आज फर्काएका हुन् ।
‘अस्ति मैले सहकार्य कहिल्यै हुँदैन भनेर कसम खाएको छैन भनेको थिएँ । एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नु भएछ । प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनु पर्छ, अहिले भेट्नु भएको छैन ?’, ओलीले प्रतिपश्न गरे ।
२५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा थापाले एमालेसँग २०८४ को निर्वाचनअघि सहकार्य सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया