देशभरका सांसद शीतलनिवासमा

काठमाडौं । संघ र प्रदेशका सांसदहरू शीतलनिवासमा भेला भएका छन् ।
गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले भेटघाट तथा चियापानका लागि सांसदहरूलाई शीतलनिवास बोलाएका थिए । उनकै निम्ता मान्न सांसदहरू शीतलनिवासमा भेला भएका हुन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनका लागि काठमाडौं आएका सत्ताधारी दलका अधिकांश सांसद अहिले शीतलनिवासमा छन् ।
राष्ट्रपति पौडेलको सचिवालयले अहिले चियापान तथा भेटघाट कार्यक्रम चलिरहेको बताएको छ ।
चियापान तथा भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेससभापति शेरबहादुर देउवा पनि उपस्थित छन् ।
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित पौडेलले कार्यभार सम्हालेपछि पहिलो पटक सांसदहरूलाई बोलाएर औपचारिक भेटघाट गरेका हुन् ।
प्रतिक्रिया