आज अदालतमा हाजिर हुँदै इमरान खान
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन् । तोशाखाना मुद्दामा उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
यस मुद्दामा उनीविरुद्ध गैरजमानती वारेन्ट जारी गर्दै मार्च १८ मा अदालतमा उपस्थित हुन भनिएको थियो ।
बिबिसीका अनुसार, यो मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन गरिएको छ । तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखले आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेपछि त्यसलाई परिवर्तन गरेर न्यायिक कम्प्लेक्समा सारिएको छ ।
यसैबीच, इमरान खानलाई शुक्रबार लाहोर उच्च अदालतले नौ मुद्दामा सुरक्षात्मक जमानत पनि दिएको छ।
इमरान खानका वकिलले उनलाई १५ दिनको समय दिइएको खण्डमा सबै मुद्दामा उपस्थित हुन प्रयास गर्ने बताएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया