मेटाले सुरू गर्यो सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन, कति तिर्नुपर्छ ?
एजेन्सी । फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले भेरिफिकेसन सब्सक्रिप्सन सेवा सुरू गरेको छ । उक्त सेवा हाल अमेरिकी प्रयोगकर्ताहरूका लागि मात्रै सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले छिट्टै यसलाई अन्य क्षेत्रमा पनि ल्याउने अपेक्षा गरिएको छ ।
यसअन्तर्गत फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले सशुल्क भेरिफिकेसन सर्भिस प्राप्त गर्न सक्छन् । यसभन्दा अघि ट्विटरले यो सेवा सुरू गरेको थियो ।
इलोन मस्कले ट्विटरका लागि सशुल्क भेरिफिकेसन सुरू गरेका थिए । अब यो सूचीमा अन्य प्लेटफर्महरू पनि थपिँदैछन् । प्रयोगकर्ताहरूले मेटाको भेरिफिकेसन सर्भिसअन्तर्गत निलो ब्याज प्राप्त गर्नेछन् । यसका लागि प्रयोगकर्ताले प्रमाणका रूपमा सरकारी आईडी र प्रत्येक महिना ११.९९ डलर खर्च गर्नुपर्नेछ।
यो मूल्य वेब संस्करणको लागि हो । जहाँ एप्पल आईओएस प्रणाली वा एन्ड्रोइड प्लेटफर्मका लागि प्रयोगकर्ताले १४.९९ रुपैयाँ खर्च गर्नुपर्नेछ ।
कम्पनीले केही समयदेखि यो सेवाको परीक्षण गरिरहेको थियो । अमेरिकी बजार अघि मेटाले अष्ट्रेलिया र न्युजिल्याण्डमा यो सेवा ल्याएको थियो । यसअघि स्न्यापको सोसल मिडिया प्लेटफर्म स्न्यापच्याट र मेसेजिङ एप टेलिग्रामले पनि सशुल्क सेवा सुरु गरेको थियो।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया