एकीकृत समाजवादी, सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षमा नवराज पौडल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए ।
उनका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज घतानी, नरेन्द्र खड्का र रवि भण्डारी रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको हितलाई सर्वोपरि राखेर पार्टीले जनताको जीवनस्तर माथि उकास्न काम गर्ने बताए ।
अध्यक्ष नेपालले चीनसँग जोडिएको उत्तरी तातोपानी नाका, भोटेकोसी र मेलम्ची बाढीबाट प्रभावितका लागि राज्यले दिएको वचन पूरा गर्नुपर्छ भने । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया