इक्वेडर भूकम्प : सोह्र जनाको मृत्यु, चार सय घाइते
कुएन्का । शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्प भएको जनाएको छ ।
इक्वेडरको मचला र कुएन्का शहरका भवन भत्केका छन्भने भत्केका भवनका भग्नावशेषमा सवारी साधन पुरिएका छन् । केही सवारी साधन कुच्चिएका छन् । कम्पबाट भयभीत बासिन्दा सडकमा दौडिएका थिए । एल ओरो प्रान्तमा११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुुस गरिएको थियो ।
ताजा अपडेट
-
काठमाडौं महानगरपालिकले लोक सेवाको तयारी कक्षा निशुल्क चलाउने
-
‘विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्छ’
-
प्रेस स्वतन्त्रता उल्लघंनका घटना सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक
-
परीक्षा दिएर आँउदै गरेकी विद्यार्थीमाथि आक्रमण
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
प्रतिक्रिया