प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय
काठमाडौं । संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिएको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
‘यसअघि हामीले निर्वाचनमा जनतालाई दिएको वाचापत्रको आधारमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको हो । अहिले पनि मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने पार्टीले निर्णय गरेको छ’, उनले भने ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि २३ माघमा सरकारबाट बाहिरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया