NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिएको उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

‘यसअघि हामीले निर्वाचनमा जनतालाई दिएको वाचापत्रको आधारमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको हो । अहिले पनि मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने पार्टीले निर्णय गरेको छ’, उनले भने ।

नागरिकता प्रकरणमा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि २३ माघमा सरकारबाट बाहिरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष