प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पेस गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गरेकी हुन् । यो विधेयक दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको हो ।
मन्त्री शर्माले सङ्क्रमणकालीन न्याय प्रक्रिया ढिलाइ भएको हुनाले छिटोभन्दा छिटो विषयलाई टुङ्ग्याउनका लागि संसद्मा विधेयक पेस गरिएको जानकारी दिइन्। उनले द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानविन गर्न जरुरी भएको बताइन् ।
विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइने उल्लेख विधेयक भएको उनको भनाइ थियो । मन्त्री शर्माले विधेयक सर्वोच्च अदालतको आदेश, कानुन र अन्तर्राष्ट्रिय मान्यताअनुसार नै विधेयक ल्याइएको उनको भनाइ थियो ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया