प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा आज विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १०० (२) मा ७६(२) बमोजिम गठन भएको सरकारले समर्थनप्राप्त कुनै दलले फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
संसद् सचिवालयले प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची रहेको जनाएको छ ।
सरकार गठन गर्दा साथ दिएका केही दलले समर्थन फिर्ता लिए पनि प्रचण्डसँग सुविधाजनक बहुमत छ । उनलाई कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नाउपा, जनमोर्चा र आम जनता पार्टीले समर्थन गर्ने निश्चित छ । प्रतिनिधिसभामा कांग्रेससँग ८७, माओवादी केन्द्रसँग ३२, रास्वपासँग १९, जसपासँग १०, एकीकृत समाजवादीसँग १०, जनमतसँग ६, लोसपासँग ४, नाउपासँग ४, जनमोर्चा र आम जनता पार्टीसँग एक–एक जना सांसद छन् । स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गर्ने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया