प्रधानमन्त्रीले पाउने छैनन् आफ्नै पार्टी र कांग्रेसका यी सांसदको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदैछन् ।
प्रचण्ड गत पुस १० मा नेकपा एमाले, राप्रपालगायत दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड गठबन्धन बदलेर कांग्रेस, एकीकृत समाजवादीतिर फर्किएपछि ती दलले आफ्नो समर्थन फिर्ता लिएका थिए । संविधानको धारा १०० (२) को व्यवस्थाअनुसार, प्रचण्डले विश्वासको मत लिन लागेको हुन् । संविधानको धारा १०० (२) मा ७६ (२) बमोजिम गठन भएको सरकारले कुनै दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
दोस्रो पटक विश्वासको मत लिन कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नाउपा, जनमोर्चा र आम जनता पार्टीले समर्थन गर्ने निश्चित छ । प्रतिनिधिसभामा कांग्रेससँग ८७, माओवादी केन्द्रसँग ३२, रास्वपासँग १९, जसपासँग १०, एकीकृत समाजवादीसँग १०, जनमतसँग ६, लोसपासँग ४, नाउपासँग ४, जनमोर्चा र आम जनता पार्टीसँग एक–एक जना सांसद छन् । स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गर्ने बताइएको छ ।
प्रचण्ड सुविधाजनक बहुमतमा रहे पनि उनको आफ्नै दल र गठबन्धनका सांसदको मत उनले पाउने छैनन् । त्यसमा माओवादी केन्द्रका सांसद वर्षमान पुन, कांग्रेसका सांसद चन्द्र भण्डारी र मनोरमा शेरचन छन् । स्वास्थ्यमा समस्या आएपछि यी तीनै जना उपचाररत छन् ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया