जनमत पार्टीनिकट विद्यार्थी संगठनले खोल्यो जितको खाता
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबार सम्पन्न स्ववियु निर्वाचनमा जितको खाता खोलेको छ । पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठनले पहिलो जित निकालेको हो ।
उक्त क्याम्पसको स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी अनेरास्ववियुसहितको संयुक्त प्यानललाई हराउँदै विजयी भएका हुन् । कुर्मीले कुर्मीले १२८ मत हासिल गर्दा निकटतम प्रतिस्पर्धी कृष्ण पटेल १०० मतमा रोकिए । नेविसंघका सुनील कुमार गौडलेले ९८ मत पाए ।
त्यसैगरी, सचिव, कोषाध्यक्ष, सदस्यमा पनि जनमत पार्टीनिकट विद्यार्थी संगठन विजयी भएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया