NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

क्षणिक सत्ता स्वार्थका लागि राजनीति अस्थिरता ल्याउनु राम्रो होइन् : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले क्षणिक सत्ता स्वार्थका लागि राजनीतिक अस्थिरता निम्त्याउन नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै उनले संविधान, लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा परिवर्तनका पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि मेरो नेतृत्वमा गठबन्धन वामलोकतान्त्रिक गठबन्धन बनेको हो । क्षणिक सत्ता स्वार्थमा लागेर राजनीति अस्थिरता निम्त्यिाउनु हुँदैन । परिवर्तका पक्षधर शक्ति एक ठाउँमा उभिन आवश्यक छ’, उनले भने ।

उनले आफ्नो नेतृत्वको १८ महिने कार्यकालमा जनजिविका, अर्थतन्त्र सुधार र विकास निर्माणमा उल्लेख्य सुधार गरेको जिकिर गरे ।