‘धाेकेबाज हौ तिमी’ गीतको विवादपछि शिव परियारले दिए स्पष्टीकरण
काठमाडौं । पछिल्लो समय भाइरल बनिरहेकाे गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवाद भएपछि गायक शिव परियारले सामाजिक सञ्जालमार्फतस्पष्टीकरण दिएका छन्।
परियारले ‘धोकेबाज’ गीत आफूले चोरेर गाएको नभएको बताउँदै गालीगलौज नगर्न अनुरोध गरेका छन्। उनले आफ्ना दर्शकलाई वास्तविकता बुझन अपिल गदै हल्लाकोपछि नलाग्नसमेत आग्रह गरेका छन् । एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी अहिले विवादमा तानिएका छन् ।
उनले गीतको आधिकारिक स्रष्टा र सङ्गीतकार सुवास कार्की भएको र कुनै पनि गीतमा स्वर दिने गायक–गायिका नै उक्त गीतको आधिकारिक र ओर्जिनल गायक गायिका हुने कुरा स्टाट्समा उल्लेख गरेका छन्।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया