प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ
पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।
जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन । सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ ।
कम्पनीले २०७६ मङ्सिरमा २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मंसिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
‘अहिलेसम्म काम गर्ने सुरसार नै छैन’, स्थानीय राजु आचार्यले भने, ‘निर्माण व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन । काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।’
गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक–पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताए। सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया