अब विदेश जाने युवाहरूले दु:ख पाउने दिन गए : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारीका लागि विदेश जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई मान्य नहुने बताएका छन् ।
सामाजिक सुरक्षा कोषले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब रोजगारीका लागि विदेश गएका युवाहरूलाई दुःख दिने दिन सकिएको जिकिर गरे ।
विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए । उनले आगामी दिनमा थप जनमुखी र श्रमिकमैत्री सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया